असोज २४ गते, भक्तपुर । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजना तथा बालसेवक आधारभूत विद्यालयको संयोजनमा बुधबार महेश्वरी स्थित खेलमैदानमा प्रावि तथा निमावि स्तरीय दौड प्रतियोगिता सम्पन्न भयो ।
उक्त प्रतियोगितामा आधारभूत विद्यालय समितिका अध्यक्ष दीपक माकले विद्यालयमा सिकेको आचारण र सामाजिक व्यवहारलाई प्रगोगात्मक रुपमा अगाडि बढाउन आधारभूत विद्यालय समिति लागि परेको बताउँदै खेलकुद अन्तर्गत शारीरिक कसरतलाई संयमित र नियमपूर्वक लग्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा निर्णायक समितिका सदस्य तथा बालमन्दिर आधारभूत विद्यालयका प्रअ कृष्णभक्त श्रेष्ठले दौड प्रतियोगिताको नियम बारे बताउनुभयो ।
उक्त कार्यक्रममा हंसबाहिनी आधारभूत विद्यालयका प्रअ सूर्यभक्त फोंजू लगायत संयोजक विद्यालयका प्रअ प्रेरणा तपोलले समेत बोल्नुभयो ।
प्राविस्तरीय कक्षा १ देखि ३ सम्मको ७५ मिटर छात्र दौड प्रतियोगितामा ज्ञानविजय आविका कमल लुङलिमगर प्रथम, जनसेवा आविका सञ्जय गोले द्धितीय, शारदा आविका सुमन परियार तृतीय तथा भारती आविका सनम तामाङ र नविन आविका आयन राजा संयुक्त रुपमा सान्त्वना भएका थिए ।
प्राविस्तरीय कक्षा १ देखि ३ सम्मको ७५ मिटर छात्रा दौड प्रतियोगितामा ज्ञान विजय आविका रेनुका भूजेल प्रथम, जनसेवा आविका सुनिता तामाङ द्धितीय, बालसेवक आविका निर्मला बिक तृतीय तथा उदय आविका अनु बुढा र सिद्धि शारदा आविका अनिशा मानन्धर संयुक्त रुपमा सान्त्वना भएका थिए ।
प्राविस्तरीय कक्षा ४ देखि ५ सम्मको १०० मिटर छात्र दौड प्रतियोगितामा गणेश माविका प्रवेज मोहमद प्रथम, बालसेवक आविका सूर्य नेपाली द्धितीय, ज्ञानविजय आविका अनिश शेर्पा तृतीय तथा नविन आविका मिलन बानियाँ र भारती आविका सुदिप तामाङ संयुक्त रुपमा सान्त्वना भएका थिए ।
प्राविस्तरीय कक्षा ४ देखि ५ सम्मको १०० मिटर छात्रा दौड प्रतियोगितामा जनसेवा आविका लालमाया राई प्रथम, नविन आविका अलिशा भूजेल द्धितीय, ब्रम्हायणी आविका एन्जिला ढुमजन तृतीय तथा बालसेवक आविका सरुना नेपाली र गणेश माविका अफरिन प्रविण संयुक्त रुपमा सान्त्वना भएका थिए ।
निमावि स्तरीय छात्र २०० मिटर दौड प्रतियोगितामा गणेश माविका रोहित तामाङ प्रथम, बालसेवक आविका हिमाल बिक द्धितीय, समाजसुधार माविका विवेक चौधरी तृतीय तथा ज्ञानविजय आविका जीवन चौधरी सान्त्वना भएका थिए ।
त्यसैगरी निमावि स्तरीय छात्रा २०० मिटर दौड प्रतियोगितामा बरदायिनी आविका निरुता तामाङ प्रथम, तारा माविका रीतु भूजेल द्धितीय, ज्ञानविजय आविका बालकुमारी बस्नेत तृतीय तथा दत्तात्रय आविका सुमिना फांगुलु सान्त्वना भएका थिए ।
प्रतियोगितामा २१ वटा विद्यालयका ८३ जना विद्यार्थीहरुको सहभागिता रह्यो । विजयी विद्यार्थीहरुलाई आधारभूत विद्यालय समितिको वार्षिक कार्यक्रममा पुरस्कार वितरण गर्ने भएको छ ।


















