मंसिर ३० गते चासुखेलमा ईहिं जज्ञ हुँदै । ईहिंलाई चाहिने सामग्री यस्तो छ (सुचिसहित)

0
410

असोज २२, भक्तपुर । बालविकास र समाज भन्ने उद्घोषका साथ चण्डेश्वरी मचा खल: को आयोजनामा चासुखेल -५, चण्डेश्वरी मन्दिर प्राङ्गणमा ईहिं अर्थात बेल बिबाह हुने भएको छ । प्रत्येक वर्ष इहिं गरिदै आएको उक्त खल: ले यहि आउँदो ८० साल मंसिर ३० र पुष १ गते ईहि जज्ञ गरिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । समितिले लगन दिन हुने कन्याका अभिभावकहरुले आफ्नो कन्याको नाम दर्ता गर्नु हुन अनुरोध समेत गरिएको छ ।

आवस्यक सामाग्रीको तालिका

ईहि के हो ?
बेल विवाहलाई नेवारी संस्कारमा ईहि भनिन्छ । ईहिको शाब्दिक अर्थ विवाह नै हो ।
बालिकालाई समाजमा रहेको रीतिरिवाज संस्कार आदिको ज्ञान गराई समायोजित आचरण गर्ने असल महिलाको रूपमा चारित्रिक विकासको साथै सामाजिक कार्यमा औपचारिक स्थान प्राप्त गर्न इही संस्कार गरिन्छ । बालिकालाई इही नगरून्जेलसम्म समाजको सदस्यको रूपमा स्वीकार गरिदैन र समूहभित्र गरिने धार्मिक, सामाजिक, सांस्कृतिक कार्यहरू तथा मर्दापर्दाको संस्कारहरू सहभागिता गराइदैन । नेवार समुदायमा कन्याको रजस्वला हुन भन्दा अगाडि बेल नामक फल सित कन्याको विवाह गराउने संस्कार बेल विवाह हो । भनिन्छ, बेल विवाह भएपछि कुनै पनि केटी कुमारी हुँदैनन् अर्थात् उनीहरूले बेललाई आफ्नो पतिको रूपमा स्वीकार गरी सकेको हुन्छन् । बेल त्यस्तो फल हो जो एकपटक सुके पछि समान्यतया फुट्दैन त्यसैकारण बेलविवाह गरेकी महिलाले विधवा बस्नु पर्दैन भन्ने मान्यता नेवार समाजमा रहेको छ । बेलविवाह सामूहिक रूपमा गर्ने चलन नेवार समाजमा रही आएको छ । इही संस्कार गरिदिएको खण्डमा आमाबुबालाई ठूलो पून्य प्राप्त हुने धारणा छ ।

सम्पादन गरिएकाे मिति २०८० मंसिर १८ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here