भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सिर्जनानगर चोकमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।
भक्तपुरबाट काठमाडौं जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा९७प २९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ घर भई सूर्यविनायक–८ मा बस्दै आएका २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















