असोज २० गते ।
भक्तपुर नगरपालिका वडा न ९ कार्यालयको आयोजनामा विशेष गरेर विजया दशमीमा मेला लाग्ने महत्वपूर्ण तीर्थस्थल ब्रम्हायणी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सप्पन्न भयो । उक्त सरसफाइ कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, स्काउट, पुस्तकालय, सहकारी संस्था, वडामा संचालित टिम, क्लब तथा पुस्तकालयका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरुको उल्लेख्य सहभागी रहेको थियो । भक्तपुर नगरपालिकाले हरेक बर्ष ब्रम्हायणी पिठमा जनस्तरबाट नै नियमित रुपमा सरसफाइ कार्यक्रम गरिदै आएको छ । विशेष गरेर घटस्थापना, नवमि र दशमीका दिन ब्रम्हायणीमा दर्शनार्थीहरुको घुइँचो हुने गर्दछ । जात्रा अवलोकन गर्न जिल्लाका विभिन्न ठाउँका साथै छिमेकी जिल्लाहरुबाट पनि नवदुर्गा भवानीको दर्शन गर्न आउने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















