असोज १० गते । विश्व पर्यटन दिवस बुधबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो ।
नेपालमा पनि ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा आज (बुधबार) ‘पर्यटन र हरित लगानी’ भन्ने नारासहित विभिन्न कार्यक्रम गर्दै विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।
सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ को आठ महिनामा छ लाख एक हजार ३६० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















