असाेज ९, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ ।
इन्द्रजात्राको अवसरमा आज भक्तपुरको टोल टोलमा इन्द्रको मूर्ति स्वरुप सानो लिङ्गो ठडयाइयो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्ति स्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ । यसरी ठडयाइएको लिङ्गोलाई नेवारी भाषामा यमद्याे: भनिन्छ ।
भक्तपुरमा विभिन्न देवदेवताको पूजाआजा गरी इन्द्रजात्रा मनाइन्छ । भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकिसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















