असोज ६, दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको प्राङ्गण भक्तपुर नगरपालिका वडा नं २ स्थित इताछेंमा सम्पन्न भएको उक्त कार्यक्रममा ३१ जना महानुभावहरुले रक्तदान गरेको जनाइएको छ । प्रतिष्ठानले स्वास्थ शिविर, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण लगायत अन्य सामाजिक कार्यहरु गरिदै आएको आयोजक प्रतिष्ठानका अध्यक्ष राजेश हाडाले जानकारी दिनुभएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















