असोज ११,
भक्तपुरमा मनाइने इन्द्रजात्रा बारे जानकारी दिने पुस्तक गत ११ गते बिहिबार इन्द्रजात्राको अवसरमा “भक्तपुरको येन्या” नामक विमोचन भएको छ । संस्कृतिविद हरिशरण राजोपाध्यायको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले संस्कार र संस्कृतिमा धनि नेवा: परम्पराको पहिचान जोगाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्कृतिविद ओम धौभडेलले विशेष गरी भक्तपुरमा मनाइने इन्द्रजात्राको इतिहास यसको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
पुस्तकका सम्पादक अगीव बनेपालीले संस्कृति र परम्परा जोगाउनु ठुलो उपलब्धि रहेको बताउनुहुदै किम्वदन्तीहरु जगेर्ना गर्ने उद्देश्यले उक्त पुस्तक प्रकाशन गरेको बताउनुभयो ।
पुस्तक विमोजन कार्यक्रममा पुस्तक लेखनमा आवद्ध व्यक्तिहरुले आ आफ्न अनुभवहरु समेत आदानप्रदान गरिएको थियो ।
उक्त पुस्तक बाखं न्यने वा ले बजारमा प्रकाशन गरेको हो । पुस्तकमा कथावाचक ओम धौभडेलको रहेको छ भने शब्द रोनिका श्रेष्ठ, चित्र कृषा ताम्राकार र आवरण रमेश तुलाधारको रहेको छ । नेपाली र नेपाल भाषा दुबै माध्यममा प्रकाशन भएको उक्त पुस्तकको मुल्य रु ८००/- रहेको जनाइएको छ ।*
भक्तपुरमा मनाइने इन्द्रजात्रा बारे पुस्तक विमोचन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















