असाेज ४, सरकारद्वारा संसद्मा प्रस्तुत शिक्षा विधेयकमा रहेको सङ्घीयता र शिक्षक हक हितविपरीतका दफाहरू हटाई शिक्षकहरूको न्यायोचित मागहरू पूरा गराउन नेक्राशिसङ्घ भक्तपुरले आज असोज ४ गते जुलुससहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र दिने भएको छ । स्थानीय च्याम्हासिंहवाट दिउँसो १:३० बजे निकालिने जुलुस दरबार स्क्वायरमा पुगी उक्त ज्ञापनपत्र बुझाउने तयारी रहेको जिल्लाध्यक्ष गणेशराम थुसाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















