सांसदसंग विद्यार्थी अन्तरक्रिया कार्यक्रम

0
131

असोज ३ । संविधान दिवस २०८० को अवसरमा आदर्श आजाद माध्यमिक विद्यालय, भक्तपुरको आयोजनामा कक्षा ११ र १२ कानुन विषयका विद्यार्थीहरुको बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा “सांसदसंग विद्यार्थी” अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि गोसाईले संविधानसम्मत विधिको शासन सञ्चालन गर्न नियम कानुन निर्माण गर्ने स्थानमा बौद्धिक वर्ग सचेत नागरिकहरु पुग्न नसकेको बिडम्बनापूर्ण अवस्था अवगत गराउँदै समाजवादउन्मुख संविधान, निशुल्क शिक्षा स्वास्थ्य लगायतका आधारभूत आश्यकतामा निम्न वर्गीय जनताको पहुँच जस्ता सिद्धान्तका कुरा कागजी खोस्टामा सिमित रहेको विचार व्यक्त गरे।

२००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि ठूला शासक दलहरु पालैपालो सत्तामा बस्दै आए तापनि देश र जनताको पक्षमा काम नगरेको तथा नियम कानुन निर्माण गर्ने कार्यमा समेत विदेशी हस्तक्षेपलाई स्वीकार गरेकोले देश वर्तमानको दुर्दशा भोग्न बाध्य कुरा उल्लेख गर्दै विगत ७६ वर्षमा ७ वटा सम्म संविधान बन्नुले देशमा राजनीतिक अस्थिरताको चित्र प्रष्ट भएको बताए।

अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुबाट आएको प्रश्नहरुको जवाफ दिदैं सांसद गोसाईले कानुन विषयका विद्यार्थीहरुले अहिले देखि गहन अध्ययन गर्नुपर्ने तथा जनपक्षीय विचारहरु दिनुपर्ने र वर्गीय भावनाबाट ओतप्रोत भई देश र जनताको पक्षमा न्याय गर्न सक्षम व्यक्तित्व बन्न सक्नुपर्ने धारणासमेत व्यक्त गरेका छन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले संविधानको कार्यविधि बारे स्पष्ट पार्दै प्रत्येक नागरिकले अधिकारसंगै कर्तव्य पनि पूरा गर्नुपर्ने बताए। उनले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को धारा ५१ अनुसार राष्ट्रहित प्रतिकूल काम गर्न नहुने उल्लेख गरिएको छ । यसले नागरिकले हक मात्र खोज्ने होइन दायिईत्वको पनि उतिकै पालना गर्नुपर्ने चर्चा गरे।

विद्यालयका प्राचार्य श्रीकृष्ण किसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कानुन विषय शिक्षक एवं कार्यक्रमका संयोजक लक्ष्मीसुन्दर सुवाल र शिक्षक राकेश सुकुपायोले समेत आ आफ्नो विचार व्यक्त गरे । सो कार्यक्रममा कक्षा ११ र १२ कानुन विषयका विद्यार्थीहरुले संविधान तथा विविध विषयमा आ आफ्नो प्रस्तुति तथा जिज्ञासा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here