एक समयमा देवीदेवता हरु आफ्नो नियमित छलफलमा भाग लिन आआफ्नो बाहन चढेर एकठाउँमा भेला हुनगय। त्यहाँ पुगेर देवीदेवता हरुले आआफ्नो बाहनलाई एकै ठाउमा छुटै राखेर आफ्नो छलफलमा जुटे । उटा देवीदेवताको बाहन हरु पनि सबै जम्मा हुन पाएको मौकामा आआफ्नो क्षमता देखाउन थाले । कसैले के गरे कसैले के गरे , अंन्त्यमा गणेशको बाहन मुसाले आफुलाइ सिंह बनेर देखाउन थाले । सोहि बेलामा गणेश पनि आफनो छलफल सिध्याएर जानुपर्यो भन्दै मुसा भयको ठाउमा आउदा त मुसा सिंह भयर बसेको देखे र अचम्म मानेर सिहको जिउमा छोई हाले । तर त्यसरि अरु जीब को रुप लिईरहेको बेलामा अरु कसै ले छोयो भने पुरानो रुपमा फर्कन नसकिने रहेछ । अब सिँह रुपी मुसा र गणेश लाइ ठुलो फसाद पर्यो । के गर्ने के गर्ने भनेर ठुलै छलफल हुनथाल्यो । त्यतिकैमा नारद मुनी देखापर्नुभयो र वहाले भन्यो कि भाद्र महिनाको चौठीको दिनमा यदि चंद्र देवताले छोइदिनुभयो भने यस्को समाधान हुन्छ भनेर भने । अब समाधानको लागि गणेशले चंद्रमा लाई अनुरोध गर्न पुगे । चंद्रमा ले पनि गणेशले आफुलाई पहिलै दिएको श्रापको केही अंशहरु भोगि रहेको थियो र गणेश द्वारा त्यो श्राप पनि फिर्ता लिएर आजको दिनमा सिंहलाई साछी राखेर मेरो पुजा गर्न लगाउनेहो भने मैले छोयर मुसा नै बनाईदिने सर्त राख्यो । गणेश पनि बाध्य भयर चन्द्रमाको सर्त मान्न बाध्य भयो । अस्तु
गणेशको बाहन मुसा हुनुपर्नेमा कसरी सिंह भयो ? यस्तो छ धार्मिक किंवदन्ती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















