प्रत्येक वर्ष श्रावण पुर्णिमाका दिन नेपालका नेवार समाजमा भ्यागुतोलाई भात खुवाउने प्रचलन रहेको छ । यो चाडलाई नेपालभाषामा ब्याँजा नकेगु चाड भन्ने गरिन्छ ।
भ्यागुतो वर्षाकालिक जलचर प्राणी हो । पृथ्वीमा वर्षाको साथै यी प्राणीको पनि आगमन सँगसँगैजसो हुने हुँदा यी प्राणीलाई पृथ्वीमा वर्षा ल्याउने प्राणीको रूपमा लिइन्छ । वर्षायाममा कृषि उत्पादनको लागि अत्यावश्यक वर्षा यी प्राणीको आगमनसँगै हुने तथा खेतमा लाग्ने विभिन्न प्रकारका कीराहरू खाई यिनले कृषि उत्पादनमा पनि टेवा पुयाउने कार्य गर्ने हुँदा किसानहरुले यसको विशेष पूजाआजा गर्न गरिन्छ । त्यसैले भ्यागुताको लागि सिमिको पातमा भात वा क्वाती कृषकहरूले आ-आफ्ना खेतमा वा नगरवासीहरूले आफ्नो घरका दैलाहरूमा राखेर भ्यागुतो प्रति कृतज्ञता गर्ने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















