भक्तपुरको खःप्याखँ अब इतिहासमा मात्र सिमित

0
258

भक्तपुर कला र संस्कृतिको नगरको रुपमा परिचित छ । यहाँ सदियौं कालदेखि नै विभिन्न नृत्यहरुको प्रचलन हुदै आएको पाइन्छ । जस्तै हनुमान र बाली, सुग्रीवद्वन्द्व, नटुवाचा नाच, कपाय्फेनेगु, भालु नाच, जंगली नाच, गाइने नाच, घोडे नाच, गरुड नाच, कुकुर नाच, मयुर नाच, लाखे नाच, महाकाली (देवी) नाच, माक नाच, फाकंदली नाच, भैल नाच, लुसी प्याख आदि ।
भक्तपुरका विभिन्न नृत्यहरुमध्ये ‘खःप्याखँं’ पनि एक हो। “ख” को अर्थ ॅकुरा’ अर्थात ॅकथन’ हो र खः प्याखँ भनेको कथानाच हो। खः प्याखँमा सम्पूणर् खल समावेश हुन्छ जस्तै देवी प्याखँ, लाखे प्याखँ, धुचा प्याखँ, खिचा प्याखँ, राजा आदि । त्यसैले यसलाई खः प्याखँ भनिन्छ भन्ने भनाइ रहेको छ । कथन अनुसार राजा भूपतिन्द्र मल्ल व्यासीमा आई यो नाच सिकाएको हो भन्ने कथन पाइन्छ ।
ख भन्नाले ॅदबु’ हो। यो नृत्यनाटिका निश्चित दबुमा प्रदर्शन गरिन्छ त्यसैले यसलाई नेवारी भाषामा खः प्याखँं भनिन्छ र नगरको तचपाः त्व (दत्तात्रय) को भिमसेन दबु, टौमढी दबु, नासमना दबु, लायकु दबु र व्यासी टोलमा दबु बनाइ शुरु र अन्तिम दिनमा यो नृत्यनाटिका मञ्चन गरिन्छ । यसबाहेक अन्य ठाउँमा यो प्रदर्शन गर्नुहुँदैन । शुरुमा मञ्चन गर्दा गुरुको सम्मानमा र अर्को नासद्यःको सम्मानमा मञ्चन हुन्छ । यो नाटक हेरेमा मान्छेलाई साइत जुर्छ भन्ने जनधारणा रहेको पाइन्छ । त्यसैले यो नाटकलाई लक्षणको नाटक पनि भनिन्छ ।
महाभारतको विराटपर्वको कथालाई समेटिएको यो प्याखँ भक्तपुरका किसानहरुले नाच्ने नाच हो। यो नृत्यनाटिकामा पूरा पात्र ११८ जना अनि बाजागाजा सहित करीब १५० व्यक्तिले गरिने यो नृत्य नाट्य लगातार दिनको ३ घण्टा देखाउँदा पनि २८ दिनमा मात्र पूरा हुन्छ । पारम्परीक कथानक शैलीमा महाभारतको विराटपर्वको आख्यानमा रचिएको संगीत नृत्य कथनमा आधारित नाटकमा भन्दा वृत्तान्त अभिनयको स्वरुप छ । यसमा एक घट्नापछि अर्को गर्दै विराटपर्वको श्रव्यदर्शन हँुदै जान्छ । एकातिर बाजाको टोलीले बजाएर र अर्कोतिर सुत्राधारले आफ्नो उच्चरणद्वारा सारा नाटिकाको अभिनय, दृश्य, घट्नाक्रमको संग्रन्थन गर्छन्।
यो खः प्याखंँ १२ वर्षको एकचोटी मात्र देखाइन्छ । पूरै हिन्दी र मैथिली भाषाको संवाद भएको यस नाटकमा थुप्रै कथाहरु समावेश हुने गर्दछन् । तर आजभोलि यो नाच लोप भैसकेको छ भने इतिहासमा मात्र सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here