भक्तपुर नगरपालिकामा “भक्तपुर काण्ड” कालो दिनको भत्सर्ना कार्यक्रम

0
212

भाद्र ८, भक्तपुर
भक्तपुर नगरपालिकाको आयोजनामा २०४५ साल भाद्र ९ गते राज्यस्तरबाट रचिएको षड्यन्त्र’भक्तपुर काण्ड’कालो दिनको भत्सर्ना कार्यक्रम भाद्र ८ गते शुक्रवार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जहाँ  दमन हुन्छ त्यहा प्रतिरोध हुने बताउनुहुदै भक्तपुर काण्डबारे नयाँ पुस्तालाई पनि जानकारी दिनुपर्ने बताउनुभयो ।  सामन्तहरुले सत्ता टिकाउन अनेक जालझेल गर्ने भएकोले त्यसबाट सचेत हुनु पर्ने बताउनुभयो । पुजीवादी व्यवस्था देशको हितमा नरहेको बताउनुहुदै भक्तपुर नगरपालिकाले समाजवादउन्मुख काम गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले भक्तपुर काण्ड भविष्यमा पनि घट्न सकिने भएकोले युवा पुस्तालाई यसबारे सचेत तुल्याउनुपर्ने र घटनाबाट सचेत हुनुपर्ने बताउनुभयो । सकारात्मक परिवर्तन ल्याउन संगठन बलियो बनाउनुपर्ने कुराम  जोड दिदै पुरुषप्रधान समाजमा महिलाहरु निडर भएर अन्याय अन्त्य गर्न सकिन्छ भन्ने पाठ सिकाएको बताउनुभयो ।
भनपा ६ वडाका वडा सदस्य एव कार्यपालिका सदस्य रोशनमैया सुवालले भाद्र ९ गतेको भक्तपुर काण्डले आँखा रसाएको र मुटु छियाछिया भएको बताउनुभयो । भुकम्पको बेला राज्यले राहत दिइ जनतालाई सहयोग गर्नुको सट्टा राज्यले नै जनतालाई पिडा दिएको बताउनुहुदै जनताको आक्रोश पिडा भएर विद्रोहको रुपमा महिला दिदि बहिनीले दिएको त्याग अविस्मरणीय रहेको चर्चा गर्नु भयो ।
७ न वडा अध्यक्ष उकेश कवांले नेमकिपाले राजनैतिक कक्षा संचालन गरी जनतालाई सुसच्चित गरिदै आएको बताउनुभयो । अन्यायको विरुद्ध लड्नुपर्ने बताउदै राजनैतिक जिवन र जेलजिवन फरक रहने कुरा बताउनुभयो । साथै राजनैतिक व्यक्तिको जिवनि अध्ययन गर्नुपर्ने कुरामा समेत उहाँले जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा अतिथि पुर्व जनप्रतिनिधि चन्द्र बहादुर उलकले भुकम्प पीडित नभएका व्यक्तिलाई राहत दिएको कारण भक्तपुर काण्ड सिर्जना भएको बताउनुभयो । भक्तपुर काण्डको बेला भुमिगत रहेको स्मरण गर्नुहुदै हरेक राजनैतिक कार्यकर्ताले संघर्ष गर्नुपर्ने शिक्षा प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले भक्तपुर काण्डको घटनाक्रम र षडयन्त्रको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने वडा न ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजय कुमार शर्माले धन्यवाद ज्ञापन दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here