नेपाली समाजमा अनेकौ लोक विश्वासहरु रहेको पाइन्छ । पूर्वीय संस्कृतिमा प्रचलित चेतनाबाट प्रभाव ग्रहण गरी नेपाली समाजमा लोकविश्वासको अनेक सन्दर्भ व्यक्त भएको पाइन्छ । नेपाली समाजमा खुर्सानी हातमा दियो भने आपसमा झगडा हुने विश्वास गरिएको हुन्छ । युरोपमा पनि हातमा खुर्सानी दिइँदैन । खुर्सानी भनेको पिरो वस्तु हो । यसलाई हातमा दिएको खण्डमा सोही मानिसका साथ झगडा हुने विश्वास गरिन्छ । हातमा दिएको वस्तुले व्यक्तिलाई खराब गरेको खण्डमा दूषित वस्तु दिएको अर्थ जनाउने हुनाले झगडा हुने विश्वास गरिएको छ ।
नेपाली लोकविश्वास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















