डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद प्रयाेग गर्दै महानगर

0
230
डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद प्रयाेग गर्दै महानगर

काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न महानगरले नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( bio larvicide ) प्रयाेग गर्न लागेकाे छ ।

यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालन रहेकाे जनाइएकाे छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here