श्रावण २८, भक्तपुर नगरपालिकाको आयोजना र बासु मा.वि.का कृषि प्राविधिकहरूको सहयोगमा २ दिने बाली स्वास्थ्य उपचार शिविर हुने भएको छ ।
बालीमा रोग तथा कीराले नोक्सान गरेको अवस्थालाई पहिचान गरी आवश्यक सल्लाह तथा सुझावको लागि भक्तपुर नगरपालिकाले किसानहरुको लागि निःशुल्क बाली स्वास्थ्य उपचार शिविर गर्न लागेको सूचनामा प्रकाशित छ । रोग तथा कीराले नोक्सान गरेको बालीको भाग, फोटो अथवा पुरै बोटको नमुना सङ्कलन गरी ल्याउनुहुन कृषकहरूलाई आग्रह गरिएको छ ।
बाली उपचार शिविर भनेको के हो ?
बाली उपचार शिविर एउटा यस्तो थलो हो जहाँ कृषकहरुले बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको समस्याग्रस्त बोट बिरुवाका नमूना ल्याई बाली उपचार बिशेषज्ञहरुबाट समस्या पहिचान तथा समाधानका उपायहरु बारे निःशुल्क सल्लाह प्राप्त गर्दछन् । विशेषगरी धेरै जना कृषकहरुको पायक पर्ने ठाउँ वा घरदैलोमा नै बाली उपचार विशेषज्ञहरु गएर बाली बिरुवाको रोग कीरा तथा अन्य समस्याहरुको पहिचान तथा निदान गर्ने भएकाले यसबाट कृषकहरु प्रतक्ष रुपमा लाभान्वित हुने गर्दछन् ।
कृषकको बालीमा रोग, कीरा तथा अन्य समस्याहरुको सहि पहिचान गरी समयमै उपयुक्त व्यवस्थापनका उपायहरु दिलाउनु नै यसको प्रमुख उद्देश्य रहेको छ । जसले गर्दा जथाभावि रसायनिक विषादीको प्रयोगलाई कम गरी वातावरण संरक्षणमा सहयोग पुर्याउनुका साथै बाली बिरुवाहरुको उत्पादन र उत्पादकत्व वृध्दि गर्न मद्दत पुग्दछ ।
नगरपािलकाकाे सूचना यस्ताे रहेकाे छ ।

बाली स्वास्थ्य उपचार शिविर हुने समय
भ.न.पा. वडा नं. १ देखि ५ वडासम्मका किसानहरुको लागि
मिति ः २०८० भाद्र १ गते, शुक्रबार
समय ः बिहान ७ः०० बजेदेखि २ः०० बजेसम्म
स्थान ः पुरानो नगरपालिका भवन अगाडि, फसीदेगको उत्तरतर्फ
भ.न.पा. वडा नं. ६ देखि १० वडासम्मका किसानहरुको लागि
मिति ः २०८० भाद्र ३ गते आइतबार
समय ः बिहान ७ः०० बजेदेखि २ः०० बजेसम्म
स्थानः दत्तात्रय, भ.न.पा. ९
सूचना यस्ताे रहेकाे छ ।:


















