नवदुर्गा द्योछेमा खम्ये (राँगो) भित्र्याइयो

0
263

श्रावण ८, नेपालकै लामो जात्राको रूपमा मानिने नवदुर्गा देवगण जात्राको परम्पराअनुसार सोमबार बिहान नवदुर्गा द्योछेमा खम्ये (राँगो) भित्र्याइएको छ । उक्त खम्ये गठेमङगल पछि मन्दिरको मूल पुजारी नकींले विशेष पूजा गरेर खम्ये नवदुर्गा द्योछँमा भित्र्याउने चलन रहदै आएको छ ।
खम्ये मन्दिरमा भित्र्याएपछि मन्दिरभित्रै पालेर खानपिन र उचित सरसफाइको व्यवस्था गरिएको हुन्छ । उक्त काम यस वर्षको देवगण पालो हुने परिवारबाट हुन्छ ।


खम्ये सिङ घुमेको, कालो रंगको,शरीरमा दाग या चोटपटक नलागेको र खम्येको पुच्छर घुँडाबाट तलसम्म पुग्नुपर्ने लक्षण रहेको छान्नुपर्ने हुन्छ । यी लक्षण भएको राँगो छान्नुपर्ने भएकोले यस वर्ष राँगो छान्न केही दिन ढिलो भएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापनका बालगोपाल बनमालाले जानकारी दिनुभयो ।
यस वर्षको लागि खम्ये भनपाका चोर्चा बस्ने रत्नभक्त दुमरुले दान गरेको जनाइएको छ । उक्त खम्ये चाँगुनारायण नगरपालिकाको वागेश्वरी बाल्मीकि पशुपालन तथा कृषि फर्मबाट ल्याइएको हो । उक्त खम्येको रु. एक लाख रूपैयाँ परेको पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here