Lumpy skin disease बाट मृत्यु भएका पशुका मालिकलाई सूर्यविनायक नगरपालिकाले १० हजारसम्म अनुदान दिने

0
150

गाई भैंसीमा लाग्ने लम्पी स्किन (Lumpy skin disease) नामक राेग तिब्र गतिमा देशैभरि महामारीको रूपमा फैलिरहेको छ । Capri pox नामक virus बाट लाग्ने याे सरुवा रोग गाई भैंसीमा देखिन्छ। यो रोग लागेपछि किसानहरु चिन्तित भएका छन् । भक्तपुरको सुर्यविनायक नगरपालिकाले Lumpy skin disease बाट मृत्यु भएका पशुका मालिकलाई सूर्यविनायक नगरपालिकाले १० हजारसम्म अनुदान दिने निर्णय गरेको छ । जसमा मृत्यु भएका दुहुनो गाई/भैंसीलाई रु.१०,०००/- र थारो / ब्याउने गाई/भैंसीलाई रु.७०००/- राहत अनुदान दिने निर्णय गरेको सूचनामा प्रकाशित छ ।

पिडित कृषकहरुले आ-आफ्नो वडा कार्यालयमा सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र देहाय बमोजिमका कागजात पेश गर्नुहुन अनुरोध गरिएको छ ।

गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्ना जस्ता कुराहरुको संख्या बढी तथा सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढि देखिएको हुनाले राेग लागेका पशुलाइ छुट्टै राखेर उपचार गर्ने, गाेठ खाेर सफा राख्ने साथमा पशुकाे शरीरमा घाउ-खटिरा आउने, ज्वरो आउने खुट्टा सुनिने जस्ता लक्षणहरु देखा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here