विद्यालयस्तरीय पोर्टबल प्रतियोगिता सम्पन्न

0
4
विद्यालयस्तरीय पोर्टबल प्रतियोगिता सम्पन्न


भक्तपुर, मङ्सिर ८ । भक्तपुर नगरपालिकाको आयोजना भइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत पोर्टबल प्रतियोगिता सम्पन्न भयो ।
छात्रा पोर्टबलको फाइनलमा १४ अङ्क सहित तारा मावि प्रथम, १० अङ्कसहित ब्राइटस्टार इङ्गलिस सेकेन्डरी स्कूल द्वितीय, पारागन एकेडेमी र प्रोक्सीमा इन्टरनेसनल इङ्गलिस सेकेन्डरी स्कूल संयुक्तरूपमा तृतीय भए । उत्कृष्ट छात्रा पोर्टबल खेलाडीको रूपमा तारा माविका मनिषा ल्हो भए ।
छात्र पोर्टबलको फाइनलमा २५ अङ्क सहित न्यातापोल इङ्गलिस सेकेन्डरी स्कूल प्रथम, ६ अङ्कसहित हिमालयन इङ्गलिस सेकेन्डरी स्कूल द्वितीय, बाल विकास इङ्गलिस सेकेन्डरी स्कूल र वागिश्वरी मावि संयुक्तरूपमा तृतीय भए । उत्कृष्ट छात्र पोर्टबल खेलाडीको रूपमा न्यातापोल इङ्गलिस सेकेन्डरी स्कूलका अभिशेक बन भए ।
प्रतियोगितामा १४ वटा विद्यालयका १२६ छात्रा तथा ११ वटा विद्यालयका ९९ छात्र गरी २२५ जना विद्यार्थीहरूले सहभागिता जनाएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here