चण्डेश्वरी अजिमा साकोसको १९ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनको अवसरमा विविध प्रतियोगिता

0
57
चण्डेश्वरी अजिमा साकोसको १९ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनको अवसरमा विविध प्रतियोगिता


भक्तपुर, असोज २५।
भक्तपुर नगरपालिका–५, चासुखेलस्थित श्री चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन तथा सुभ बिजया दसमी, दिपावली, नेपाल सम्बत ११४७ तथा छठ पर्बको अवसरमा खुल्ला बाघचाल प्रतियोगिता तथा बाल बचत सदस्यहरु बीच शुभकामना कार्ड र क्राफ्ट बनाउने प्रतियोगिता आयोजना गरेको छ। संस्थाको शिक्षा उपसमितिको आयोजनामा घटस्थापनाको दिन सञ्चालन गरिएको कार्यक्रमले बालबालिका तथा युवाको प्रतिभा, सिर्जनशीलता र बौद्धिक क्षमता विकासमा जोड दिएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति पूर्ण गोपाल राजचलले विजया दशमीको शुभकामना व्यक्त गर्दै दशैँ असत्यमाथि सत्यको विजयको सन्देश दिने पर्व भएको बताउनुभयो। उहाँले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउने उल्लेख गर्दै सबैको सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्नुभयो।

त्यसैगरी, संस्थाका संस्थापक अध्यक्ष एवं व्यवस्थापक नारायण त्वानाबासुले चाडपर्वको समयमा बालबालिकाले मनोरञ्जनसँगै अध्ययनलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले मोबाइलमा मात्रै धेरै समय बिताउनुभन्दा साथीभाइसँग रमाइलो गर्ने, खेलकुदमा सहभागी हुने र चाडपर्वको बिदामा समेत गृहकार्य तथा नियमित अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

शुभकामना आदानप्रदानमा मात्रै सीमित नभई चाडपर्वलाई सकारात्मक सोच विकास गर्ने र असल कार्य गर्ने अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो। बालबालिकाले आफ्नो भविष्य निर्माणका लागि आवश्यक ज्ञान, सीप र व्यवहार विकासमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण कृष्ण माकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष चनियालाल माकले शुभकामना मन्तव्य दिनुभएको थियो।

खुल्ला बाघचाल प्रतियोगितामा १४ जना सहभागीमा प्रथम रामगोबिन्द राजचल, द्वितिय महेन्द्र ताम्राकार, तृतीय राजाराम त्वानाबासु र सान्त्वना न्यूजन माक हुनुभयो भने शुभकामना कार्ड प्रतियोगिता जम्मा १४ जना सहभागी भएको जानकारी संस्थाका सचिव एबम कार्यक्रमका संयोजन विष्णु प्रसाद कर्माचार्यले कार्यक्रमको उदेश्य र लक्ष्य बारे प्रष्ट गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here