कमल विनायक साकोसको १९औँ वार्षिक साधारणसभा सम्पन्न

0
27
कमल विनायक साकोसको १९औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर ।

कमल विनायक बचत तथा ऋण सहकारी संस्था लि.को १९औँ वार्षिक साधारणसभा शनिबार कमल विनायक, नगाँचास्थित संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले सहकारी र बैंकबीचको भिन्नताबारे चर्चा गर्दै सहकारीले न्यून आय भएका जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले भक्तपुर नगरपालिकाले निःशुल्क रगत तथा अक्सिजन वितरणलगायतका जनमुखी सेवा सञ्चालन गरिरहेको जानकारी दिँदै नगरपालिकाले प्रदान गर्ने सीपमूलक तथा आयमूलक तालिममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रमका अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सञ्चालक सदस्य राजकुमार लघुले सहकारी संस्थाहरूले सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार काम गर्नुपर्ने बताउनुभयो। संस्थाको जगेडा कोष बलियो भए सहकारी पनि बलियो हुने उल्लेख गर्दै उहाँले शेयर सदस्यहरूले गरेको लगानी र ऋण कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषको व्यवस्था हुने विषयमा जानकारी दिनुभयो।

उहाँले सहकारी क्षेत्रमा सरकारले जारी गरेका विभिन्न ऐन, नियम तथा निर्देशनले संस्थाहरूको सञ्चालनमा चुनौती थपेको धारणा राख्नुभयो। एक व्यक्ति एक सहकारीको सदस्य हुनुपर्ने, सञ्चालकले ऋण लिन नपाउने तथा सञ्चालक समितिमा नौ जना मात्र रहने व्यवस्थाले सहकारी क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका व्यक्तिहरूको नेतृत्व निरन्तरतामा असर पर्न सक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा संस्थाका सल्लाहकार राजाराम तजले र कृष्णप्रसाद लाखाले संस्थाको प्रगति तथा भावी कार्यदिशाबारे चर्चा गर्नुभयो।

संस्थाका अध्यक्ष सुनिल मगजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव लक्ष्मीप्रसाद चवालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सो अवसरमा ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ सदस्यहरू तथा एसईई उत्तीर्ण शेयर सदस्यहरूलाई प्रमुख अतिथि एवं वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले सम्मान गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here