भक्तपुरको प्रगतिमा मेरो सहभागिता नामक विषयमा युवाहरू बीच अन्तर्किया

0
39
भक्तपुरको प्रगतिमा मेरो सहभागिता नामक विषयमा युवाहरू बीच अन्तर्किया


भक्तपुर, भदौ ७। भक्तपुर नगरपालिका वडा नं ९ को आयोजनामा आइतबार भक्तपुरको प्रगतिमा मेरो सहभागिता नामक विषयमाथि वडा नं ९ का युवाहरू बीच अन्तर्किया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भनपा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वडाबासी युवाहरूको इच्छा चाहनालाई भक्तपुरको विकासमा टेवा पुर्‍याउन आवश्यक रचनात्मक सल्लाह सुझाव संकलन गर्ने प्रयास स्वरुप कार्यक्रम तय भएको बताउँदै विभिन्न उमेर समूह तथा तिनले भोगेका यथार्थलाई बदलिँदो समयमा व्यवहारिक रूपमा रूपान्तरणको लागि कार्यक्रम निरन्तर रूपमा संचालन गर्ने विचार राख्नुभयो ।
कार्यक्रममा भक्तपुरको पूर्वाधार विकास, शिक्षाको अवस्था, स्वास्थ्य क्षेत्र, विभिन्न पेशा व्यवसायी, कला संस्कृति, खेलकुद, सुशासन र कानुनी व्यवस्था, स्वरोजगार तथा आर्थिक अवस्था जस्ता ९ विषयमाथि सामुहिक छलफल र अन्तरक्रिया गरेको थियो ।
उक्त कार्यक्रममा वडामा रहेको इन्जिनियर, शिक्षक, चिकित्सक, युवा व्यवसायी, कलाकार फोटोग्राफर, भिडियो ग्राफर, कन्टेन क्रियटर, खेलाडी,कानुन व्यवसायी, सिकर्मी डकर्मी, सहकारीकर्मी तथा प्रशासन क्षेत्र गरी १५० युवाहरूको सक्रिय सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here