भक्तपुर, २०८३ असार २० ।
इन्द्रायणी द्योछेँ मन्दिर पुनःनिर्माण सम्बन्धी अन्तिम चरणको सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न गरियो ।
स्थानीय जनसहभागितामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडा कार्यालयमार्फत भइरहेको विकास निर्माणका कार्यहरुको जानकारी गराउनुहुँदै नेमकिपाको स्थानीय निर्वाचन घोषणापत्रअनुसार जनताका सल्लाहसुझावअनुसार नै योजनाहरु छनोट गरी कार्य गर्दै आइरहेको चर्चा गर्नुभयो ।
साथै वडाका सेवा सुविधाहरु जनताकै लागि भएकोले ती सेवा सुविधा लिन अनुरोध गर्नुभयो ।
त्यसैगरी जनचाहनाअनुसार नै देको मिवा इतापाके आयोजना छिटो सम्पन्न गर्न निरन्तर काम गरिरहेको चर्चा गर्नुभयो ।
पूर्व जनप्रतिनिधि रविन्द्र खर्बुजाले विगतको भक्तपुरको चर्चा गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत विकास निर्माण कार्य गर्दै जनतालाई सेवा सुविधा दिँदै आइरहेको बताउनुभयो ।
साथै मठ मन्दिर सम्पदा संरक्षण एवम् पुनःनिर्माण गर्न त्यससम्बन्धी इतिहासको खोज, अध्ययन अनुसन्धान गरी मात्र पुनःनिर्माण गर्ने कार्य गरिरहेको चर्चा गर्नुभ्यो ।
वडासदस्य श्यामसुन्दर मातां र मन्जु लाखाजूले घरदैलो नर्स सेवालगायत वडाका गतिविधिबारे जानकारी गराउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा कोषाध्यक्ष राधेसुन्दर साँयजु, सचिव कृष्णश्वरी हाडालगायत कृष्ण प्रधानांग र विष्णुप्रसाद स्वंगमिखालगायतले बोल्नुभएको उक्त कार्यक्रममा लागत इस्टिमेट ३८ लाख ५ हजार ८ सय ६१ रुपैयाँ लागत अनुमान गरिएको, अन्तिम चरणको निर्माणमा जम्मा रु. २९ लाख ९२ हजार २ सय ८१ रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो ।
इन्द्रायणी द्योछेँको सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















