उदय साकोसको वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

0
5

भक्तपुर, असार १९ । लिवालिवी स्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आव २०८३/८४ को वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका सभापति तथा संस्थाको कार्यबाहक अध्यक्ष न्हुछे बहादुर प्रजापतिले संस्थाको मेरुदण्डको रूपमा सहकारी शिक्षा शिविरलाईलाई निरन्तरता दिनुपर्ने बताउँदै समिति, उपसमिति तथा संस्थाका कर्मचारीले सामुदायमा आधारित संस्थाको विकासका लागि स्वयंसेवक भई लाग्नुपर्ने बताउनुभयो ।
उहाँले सर्वसाधारण सदस्यको बचतलाई जोखिमबाट सुरक्षित राख्न सहकारीको सिद्धान्त अनुरुप विभिन्न उपसमितिले साधारणसभामा कार्यक्रम संचालनको बजेट पास गर्नुपर्ने दायित्व रहेको जानकारी दिनुभयो ।
संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले आव २०८३/८४ को अनुमामानित स्रोत तथा परिचालनमा त्रिपन्न करोड बाह्र लाख अठसठ्ठी हजार तीन सय रूपैयाँ को बजेट प्रस्तुत गर्नुभयो । जसमा तीन करोड छहत्तर लाख त्रिपन्न हजार आय तथा दुई करोड चार लाख उन्नसाठी हजारको व्यय रहने जनाएको छ ।
संस्थाका सचिव दील प्रसाद प्रजापतिले निष्क्रिय सदस्यलाई सकृय बनाउन शिक्षा शिविर संचालन गर्ने लक्ष्यसहित आव २०८३/८४ को वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो । जसमा सदस्य लक्षित विभिन्न तालिम संचालन गर्ने र आव २०८२/८३ मा संचालन भएका विभिन्न तालिम र गतिविधिको जानकारी दिनुभयो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापति तथा व्यवस्थापक पूण्यराम गोसाई लगायतले बोलेको उक्त कार्यक्रममा संस्थाका विभिन्न उपसमितिका सदस्य तथा कर्मचारीहरुले आव २०८३/८४ को वार्षिक कार्ययोजना तथा बजेट तर्जुमाका लागि अन्तरक्रियामा सकृय सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here