अमेरिकी पुस्तकालय संघको सम्मेलनमा नेपालबाट पहिलो पटक प्रतिनिधित्व

0
92

अमे
भक्तपुर, असार १७ (जुलाई १) — विश्वकै पुरानो, ठूलो तथा प्रतिष्ठित पुस्तकालय संस्थामध्ये एक मानिने American Library Association (ALA) को १५०औँ वार्षिक सम्मेलन तथा प्रदर्शनीमा Nepal Library Association (NLA) का उप–महासचिव तथा पृथ्वीनारायण क्याम्पस, पोखराका पुस्तकालय प्रमुख Kishor Subedi ले नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागिता जनाएका छन्।
अमेरिकाको Chicago मा जुन २५ देखि २९ सम्म आयोजित उक्त सम्मेलनमा विश्वका ४६ देशका करिब १५ हजार पुस्तकालयकर्मीहरूको सहभागिता रहेको थियो। सम्मेलनमा पुस्तकालय विकास, सेवा प्रवाह, नीति निर्माण, भावी रणनीति, पुस्तकालयकर्मीहरूको हकहित संरक्षण तथा पठन संस्कृतिको विकासका विषयमा व्यापक छलफल भएको थियो।
उप–महासचिव सुवेदीले विकसित मुलुकहरूमा अपनाइएका पुस्तकालय सम्बन्धी अभ्यासहरू अध्ययन गर्ने, नेपालमा भएका गतिविधिहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा अनुभव आदान–प्रदानमार्फत नेपाली पुस्तकालय क्षेत्रलाई थप गुणस्तरीय बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलनमा सहभागिता जनाएको बताए।
सम्मेलनका क्रममा सुवेदीले ALA का अन्तर्राष्ट्रिय विभागका पदाधिकारीहरूसँग NLA का गतिविधि, नेपाल संघीय संरचनामा प्रवेश गरेपछि DDC को Area Table मा सातै प्रदेशका लागि छुट्टाछुट्टै Area Number समावेश गर्ने विषय, ALA र NLA बीच सहकार्य तथा सम्बन्ध विस्तार, नेपाली पुस्तकालयकर्मीहरूका लागि अनलाइन तालिम, उच्च शिक्षाका लागि छात्रवृत्ति, पुस्तकालयमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, अपाङ्गता भएका सेवाग्राहीलाई प्रदान गरिने सेवा, NLA द्वारा प्रकाशित ‘Access’ जर्नलमा लेख प्रकाशन तथा आगामी वर्ष NLA ले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनका विषयमा सकारात्मक छलफल भएको जानकारी दिए।
उनले आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा NLA को पहिचान स्थापित गर्न तथा ALA सँगको सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
सुवेदीले यस अवसरका लागि ALA र NLA प्रति विशेष कृतज्ञता व्यक्त गर्दै अमेरिका बसाइका क्रममा सहयोग पुर्‍याउने लक्ष्मण गुरुङ र सन्दीप भण्डारीप्रति पनि आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here