प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सभा सम्पन्न

0
91

भक्तपुर । प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सभा सम्पन्न तमारीमा सम्पन्न भएको छ ।

कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा साझा जात्रा भएको उल्लेख गर्दै यो ८ रात ९ दिनसम्म चल्ने जानकारी दिनुभयो । उहाँले भक्तपुर सम्पदाको सहर भएकाले विश्वको ध्यान आकर्षित भएको र पर्यटकहरूको उल्लेखनीय उपस्थितिले जात्रालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँदै लगेको बताउनुभयो । साथै, सभ्य र भव्य रूपमा जात्रा मनाउन सबै पक्षबीच समन्वय भइरहेको र दुर्घटनाप्रति सचेत हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले बिस्का जात्रा सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै पुर्खाले सिर्जेको सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले जात्राको सांस्कृतिक महत्व उल्लेख गर्दै रथ निर्माणमा संलग्न व्यक्तिहरूलाई इन्जिनियरिङ सरहको दक्षता भएको उल्लेख गर्नुभयो, जसमा पाँच प्रकारका इन्जिनियरिङको समष्टिगत रूप रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बिस्का जात्रालाई हर्षोल्लासपूर्ण र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्नुभयो । उहाँले भक्तपुरको जात्रा आकर्षणको केन्द्र बनेको उल्लेख गर्दै गलत गतिविधि निरुत्साहित गर्नुपर्ने र विशेषगरी युवाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिँदै रथमा जुत्ता–चप्पल लगाएर नचढ्न र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गर्नुभयो । साथै, ढुङ्गामुढा गर्ने व्यक्तिलाई प्रहरीको निगरानीमा राखिने चेतावनी पनि दिनुभयो ।

गुठी संस्थान कार्यालय भक्तपुरका आनन्द कर्मचार्यले जात्रालाई अझ उल्लासमय बनाउनुपर्नेमा जोड दिँदै तयारीका विषयमा जानकारी गराउनुभयो । उहाँले रथ तान्ने कार्य दिउँसो ३ बजेबाट सुरु हुने जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै योगेन्द्रमान बिजुक्छेले जात्रा केवल पर्व मात्र नभई उत्सव भएको उल्लेख गर्नुभयो । उहाँले भाइचाराको भावना अभिवृद्धि गर्ने माध्यमका रूपमा जात्राको महत्व रहेको बताउँदै टोल–टोल र गल्ली–गल्लीमा समेत मनाइने भएकाले यसको विशेष महत्त्व रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here