मतदाता नामावली संकलन आजदेखि सुरु हुँदै

0
306
मतदाता नामावली संकलन आजदेखि सुरु हुँदै


भक्तपुर, चैत २२ । निर्वाचन आयोग, नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारीस्वरूप स्थगन गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्दै छ ।
आयोगको चैत १८ गते बसेको बैठकले मङ्सिर ६ गतेदेखि रोकिएको उक्त कार्यक्रम चैत २२ गतेदेखि पुनः सुचारू गर्ने निर्णय गरेको हो।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकहरूले आफ्नो विवरणका आधारमा अनलाइन प्रणालीमार्फत नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। त्यस्तै, राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध नभएका नागरिकहरूले भने आयोगको ‘Pre-Enrollment’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औंठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयम् उपस्थित हुनुपर्नेछ।
यसका साथै मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउने, जस्तै नाम, थर र ठेगाना सुधार गर्ने, मतदान स्थल परिवर्तन गर्ने, नागरिकता अनुसार विवरण मिलाउने, दोहोरो नाम हटाउने तथा मृत्यु वा बसाइँसराइको विवरण अद्यावधिक गर्ने कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराई ले सम्बन्धित सबैलाई उक्त व्यवस्थाको उपयोग गरी आफ्नो विवरण अद्यावधिक गर्न अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here