भक्तपुर, पुस ६ । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १८औं साधारणसभा तयारी बारे जानकारी दिन पुष ६ गते आइतबार संचालक समितिको आयोजनामा लेखा समिती, बिभिन्न उपसमितिका सदश्यहरु , सल्लाहकार तथा कर्मचारिहरुको भेला तथा छलफल कार्यक्रम कासन ब्यासी स्थित बासु माबिमा सम्पन्न भयो |
कार्यक्रममा सस्थाका अध्यक्ष राजकुमार लघुले साधारणसभा तयारी बारे जानकारी दिन्दै २०८२ पुस १२ गते शनिवार हुने गरिमामय साधारणसभा सफल पार्न जिमेवारी अनुसार काम गर्न अनुरोध गर्नुभयो | सस्थाका उपाध्यक्ष हरि प्रसाद बासुकलाले सहकारी संस्थाहरुले उत्पादनमुलुक कार्यमा लगानि गर्न अनुरोध गर्दै जगेडा कोषका रकमले स-साना उद्योग संचालन गरि रोजगारी शिर्जना गर्न अनुरोध गर्नु भयो |उहाँले विभिन्न देशको ईतिहास हेर्दा सहकारीले कृषी क्षत्रको राम्रो बनाएको को छ | सहकारीमा काम गर्ने कर्मचारी र संचालकहरु पनि इमानदार र पारर्दशी भए संस्थाले छितै प्रगती गर्ने र जन बिश्वास बलियो हुन्छ भन्नुभयो |कार्यक्रममा संस्थाका सचिब अमर बासुकलाले आब २०८१|०८२ को वाषिर्क प्रगति प्रतिबेदन र भावी निति तथा कार्यक्रम बारे जानकारी दिनुभयो | कार्यक्रममा संस्थाका कोषध्यक्ष लक्ष्मी नारायण सुवालले आब२०८१|२०८२ को आर्थिक प्रतिवेदन आब२०८२|०८३ को अनुमानित आय/ब्यय तथा लेखा सयोजक लक्ष्मी दास वासुकलाले लेखा समितीको प्रतिबेदन बारे जानकारी दिन्दै सल्लाह सुझावको लागिअनुरोध गर्नुभएको थियो | कार्यक्रममा संचालक समिती सदश्यहरु कृष्ण प्रसाद आचार्य ,राजाराम सुवाल, चण्डेश्वरी याकामीले
साधारणसभा तयारी बारे आ-आफ्नो समितिको जिम्मेवारी र भैरहेको तयारि बारे जानकारी गराउनु भयो | प्रस्तुत प्रतिवेदन मध्ये आर्थिक प्रतिवेदन तथा आब २०८२/०८३ अनुमानित आय/ब्ययबारे अतिरिक्त कृयाकलाप उपसमितिका अजेन्द्र कुमार लघु ,शिक्षा उपसमितिका आबिसरा पनज बासुकला र सिद्धिराम सुवालले जिज्ञासा राख्नु भएको थियो |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















