पोर्टबल खेलको नतिजा

0
213


भक्तपुर, मंसिर २७ ।
भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २६ गतेदेखि श्री पद्य माविमा सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जारी छ ।
शनिबार भएको पोर्टबल खेलको छात्रा तर्फको खेलमा विद्यार्थी निकेतनले पद्म माविलाई १८-५ अंकले पराजित गरेका छन् भने वागीश्वरी माविले महेन्द्र विद्याश्रमलाई २७-१ अंकले पराजित गरेका छन् । त्यस्तै प्रोक्सिमा इन्टरनेसनलले ख्वपृङलाई २८-३ र ब्राइटस्टारले बाल विकासलाई ८-६ अन्कले पराजित गरे ।
त्यस्तै छात्र तर्फको खेलमा न्यातपोलले एभरेष्ट स्कुललाई १७-५, बासु माविले तारा माविलाई ९-८, वागीश्वरी माविले पद्म माविलाई १९-११ र ब्राइट स्टारले हिमालय ग्लोरीलाई १३-५ अन्कले पराजित गरेका छन् ।
आइतबार छात्रा तर्फको क्वाटर फाइनल खेल र छात्र तर्फको सेमिफाइनलका खेलहरु हुने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here