नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स खेलको नतिजा

0
135

भक्तपुर, मंसिर २५

भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न एथ्लेटिक्स खेल १०० मि. छात्रतर्फ प्रभात स्कूलका अकृत अवाल प्रथम, गणेश माविका द्वितीय र शान्ति निकेतन माविका सनिम गुरुङ तृतीय भएका थिए ।

त्यस्तै १०० मि. छात्रातर्फ जेसिज माविका सिल्भी नागा प्रथम, सुर्योदय सेकेन्डरी स्कूलका श्रीतु ग्वाछा द्वितीय र जेसिज माविका सलेषा दथेपुथे तृतीय भएका थिए ।

१५०० मि. छात्रातर्फ जेसिज माविका पृथुजा गोर्खाली प्रथम, जेसिसका परिना लाखे द्वितीय र गणेश माविका साहाना खातुन तृतीय भएका थिए ।

१५०० मि. छात्रतर्फ विद्यार्थी निकेतनका साजन विशुंखे प्रथम, गणेश माविका आदेश बुढा द्वितीय र शारदा माविका आकाश बुढामगर तृतीय भएका थिए ।

४०० मि. छात्रतर्फ शान्ति निकेतन माविका अनिल तामाङ प्रथम, जेसिजका कृजन सुवाल द्वितीय र ज्ञानविजय आविका सुवास गुरुङ तृतीय भएका थिए ।

४०० मि. छात्रातर्फ जेसिस इ. स्कूलका सिल्भी नागा प्रथम, ज्ञानविजयका रविना वैदावार द्वितीय र नविन आविका कृतिका ध्वजु तृतीय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here