नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स खेलको नतिजा

0
198
नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स खेलको नतिजा

भक्तपुर, मंसिर २५

भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न एथ्लेटिक्स खेल १०० मि. छात्रतर्फ प्रभात स्कूलका अकृत अवाल प्रथम, गणेश माविका द्वितीय र शान्ति निकेतन माविका सनिम गुरुङ तृतीय भएका थिए ।

त्यस्तै १०० मि. छात्रातर्फ जेसिज माविका सिल्भी नागा प्रथम, सुर्योदय सेकेन्डरी स्कूलका श्रीतु ग्वाछा द्वितीय र जेसिज माविका सलेषा दथेपुथे तृतीय भएका थिए ।

१५०० मि. छात्रातर्फ जेसिज माविका पृथुजा गोर्खाली प्रथम, जेसिसका परिना लाखे द्वितीय र गणेश माविका साहाना खातुन तृतीय भएका थिए ।

१५०० मि. छात्रतर्फ विद्यार्थी निकेतनका साजन विशुंखे प्रथम, गणेश माविका आदेश बुढा द्वितीय र शारदा माविका आकाश बुढामगर तृतीय भएका थिए ।

४०० मि. छात्रतर्फ शान्ति निकेतन माविका अनिल तामाङ प्रथम, जेसिजका कृजन सुवाल द्वितीय र ज्ञानविजय आविका सुवास गुरुङ तृतीय भएका थिए ।

४०० मि. छात्रातर्फ जेसिस इ. स्कूलका सिल्भी नागा प्रथम, ज्ञानविजयका रविना वैदावार द्वितीय र नविन आविका कृतिका ध्वजु तृतीय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here