भक्तपुर, मंसिर २२ । आज बिहान करिब ३:३० बजे भक्तपुरको सुकुलढोकामा एक गाडी दुर्घटना भएको छ।
दुर्घटनाको क्रममा गाडी सिधै सडकछेउमा रहेको परम्परागत इनारमा ठोक्किँदा इनारमा गम्भीर क्षति पुगेको स्थानीयले बताएका छन्। इनारको पर्खाल भत्किएको र वरपरका ढुंगाहरू खसेको प्रारम्भिक विवरणमा उल्लेख छ।
दुर्घटनापछि गाडीलाई क्रेनको सहायताले उचालेर हटाइएको जानकारी प्राप्त भएको छ। घटनामा गाडी चालकको हात भाँचिएको छ भने अन्य दुई जना सवार सकुशल रहेका छन्।
घाइते चालकलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। सडक अबरुद्ध हुन नदिन दुर्घटनाग्रस्त कारलाई क्रेनमार्फत हटाइएको प्रत्यक्षदर्शीको भनाई रहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
Photo: krisha sitikhu
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1


















