भक्तपुरमा मंसिर २० गते भव्य योमारी उत्सव हुने

0
470


भक्तपुर, मङ्सिर ११ । भक्तपुर नगरपालिकाले यस वर्षको योमारी पूर्णिमाको अवसरमा भव्य रूपमा योमारी उत्सव आयोजना गर्ने भएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै मङ्सिर २० गते दत्तात्रय मन्दिर परिसरमा योमारी प्रदर्शनी तथा प्रतियोगितासमेत सञ्चालन गरिने जानकारी दिएको हो। इच्छुक व्यक्ति, संस्था वा समूहहरूले मङ्सिर १५ गतेभित्र सम्बन्धित वडा कार्यालय वा प्रशासन शाखा, ब्यासीमा दर्ता गराउन सक्ने आयोजक स्रोतले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने टोलीहरूले ८ इन्च उचाइको बढीमा ३ वटासम्म मौलिक शैलीमा तयार गरिएका योमारी प्रदर्शन गर्नुपर्ने र आवश्यक सामग्रीहरूको व्यवस्था प्रतियोगी आफैँले गर्नुपर्ने जनाइएको छ। मूल्याङ्कनकर्ताद्वारा मूल्याङ्कन गरी उत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गरिनेछ।

यःमरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार ५००, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here