भक्तपुर, मंसिर ११ ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप टेलिभिजनको आयोजनामा टेलिभिजनसम्बन्धी १५ दिने अभिमुखीकरण तालिम आज तालिमका प्रशिक्षार्थीबीच सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सञ्चारमाध्यम प्रचारको शक्तिशाली हतियार भएको हुँदा भक्तपुर नगरपालिकाले सञ्चारमाध्यमलाई सशक्त ढंगले उपयोग गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले प्रचारमाध्यमहरु जस्तै भक्तपुर मासिक पत्रिका, नेपालभाषामा ख्वप पौ, ख्वप टिभी, ख्वप सः, भक्तपुर म्युनिसिपालिटी फेसबुक पेज, वेभसाइटलगायतबाट नपाका गतिविधिहरु जनतासमझ पारदर्शी गर्दै आएको बताउँदै सञ्चारमाध्यमले सत्यतथ्य सूचना प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित शिशुस्याहार केन्द्र, शैक्षिक संस्था, ख्वप अस्पताल, स्थानीय पाठ्यक्रम, शैक्षिक ऋण, घरदैलो नर्स कार्यक्रम देशमै उदाहरणी रहेको बताउँदै उहाँले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालनमा जोड दिएको बताउनुभयो । आत्मनिर्भर व्यक्तिले स्वाभिमानीपूर्वक बाँच्न पाउने बताउँदै उहाँले विदेशीको सहयोगले व्यक्ति, समाज र देशलाई नै परनिर्भरतातर्फ धकेलिने हुँदा सबैजना सचेत हुनुपर्ने बताउनुभयो ।
ख्वप टेलिभिजन सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवम् भनपा वडा नंं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सञ्चारमाध्यम मनोरञ्जनको विषयमामात्र केन्द्रित हुन नहुने बताउँदै यसलाई सन्देशमूलक बनाउनुपर्छ भन्नुभयो । उहाँले नगरपालिकाका विविध गतिविधिहरुलाई जनतासमक्ष प्रष्ट पार्न विभिन्न सञ्चारमाध्यमको प्रयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक कृष्णकाजी मानन्धरले प्रशिक्षार्थीहरुमा आफूले लिने तालिमसम्बन्धी ज्ञान र रुचि आवश्यक भएको बताउँदै तालिमले टेलिभिजन प्रसारण र व्यवस्थापनको लागि दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताउनुभयो । तालिममा एआई प्रविधिको प्रयोग, क्यामेरा, कन्टेन्ट क्रियाशनलगायतका विषय पनि सिकाइने बताउँदै उहाँले तालिम लिएर उपलब्धी हासिल गर्न प्रशिक्षार्थीलाई प्रेरित गर्नुभयो ।
त्यस्तै ख्वप टेलिभिजनका दिपेन्द्र प्रजापति र व्यवस्थापक रविन्द्रप्रसाद कुसीले तालिमको आवश्यकता र औचित्यमाथि प्रष्ट पार्नुभयो ।
टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिमबारे अभिमुखीकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















