ख्वप बचत तथा ऋण सहकारी संस्था लि.काे आयोजनामा अध्यक्ष राजकुमार लघुलाई धन्यवाद तथा बधाई ज्ञापन कार्यक्रम एक समारोहबीच सम्पन्न गरिएको छ ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २०७९ कार्तिक २९ गते भक्तपुर बैक्वेटमा सम्पन्न २१औं साधारणसभाबाट राजकुमार लघु सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएपछि सोही उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको हो।
समारोहमा संस्थाका अध्यक्ष तथा निर्वाचित संचालक समिति सदस्य राजकुमार लघुले धन्यवाद ज्ञापन गर्दै जिल्ला संघको नेतृत्वमा जाने अवसर आफू र ख्वप साकोसका लागि गौरवको विषय भएको बताउनुभयो।
उहाँले, “यो सम्मानले सहकारी आन्दोलनको विकासका लागि अझ सक्रिय भएर अघि बढ्ने प्रेरणा पाएको छु,” भन्नुभयो।
कार्यक्रममा ख्वप साकोसका सचिव अमर बासुकलाले अध्यक्ष लघुलाई हार्दिक बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी कोषाध्यक्ष लक्ष्मी नारायण सुवालले पनि निर्बिरोध निर्वाचित भएकोमा बधाई दिँदै सहकारी क्षेत्रको विकासमा ख्वप साकोसको नाम अझ उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो।
समारोहका क्रममा सचिव अमर बासुकलाले निर्वाचित सदस्य राजकुमार लघुलाई खादा ओढाइ र सगुन प्रदान गरी सम्मान गर्नुभएको थियो।
सोही अवसरमा संचालक सदस्यहरु राजेश ब्यान्जु, राजाराम सुवाल, चण्डेश्वरी याकामी, कृष्ण प्रसाद आचार्य तथा व्यवस्थापक रत्ना ब्यान्जुले पनि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।


















