विद्यालय भलिबल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

0
206


भक्तपुर, कार्तिक १ । भक्तपुर नगरपालिकाको आयोजनामा गत असोज २६ गते आइतबारदेखि संचालन भएको एकहप्ते विद्यालयस्तरीय भलिबल प्रशिक्षण तालिम शनिबार प्रमाणपत्र वितरणसहित सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नैतिक ज्ञान र अनुशासित प्रशिक्षकबाट प्रशिक्षित विद्यार्थीहरू जस्तोसुकै कठिनाईमा समेत देशभक्ति भावना राखि डटेर लाग्ने बताउनुभयो ।
उपप्रमुख जोशीले भन्नुभयो – “वर्षभरिकै अँध्यारो रातलाई हाम्रो पूर्वजहरुले उज्यालो बनाउनुपर्छ भनेर वैज्ञानिक रूपमा नयाँ पुस्ता समक्ष संस्कृतिको हस्तान्तरण गरेको हो ।”
हरेक क्षेत्रको काम कर्तव्य गरिरहँदा आउने नकारात्मक परिस्थितिमा अनुशासन सहित सकारात्मक सोच अनिवार्य भएको बताउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा आफू सजग र सहभागितालाई समेत उहाँले ध्यानाकर्षण गर्नुभयो ।
भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुर नगरपालिकाद्वारा प्रत्येक वर्ष संचालन गरेको खेलाडी प्रशिक्षक प्रशिक्षण तालिमबाट खेलको नैतिक मूल्य र मान्यता, उत्कृष्ट खेलाडी छनाैटमा निष्पक्षता तथा विद्यार्थीको सिकाईमा हुने राम्रो नराम्रो छुवाईलाई विशेष ध्यान दिइएको बताउनुभयो ।
प्रशिक्षक विजयकृष्ण बाडेले विगत ४ वर्षदेखि संचालन भएको प्रशिक्षक प्रशिक्षण तालिमबाट शिक्षकहरूको क्षमता अभिवृद्धि भएको र व्यवहारिक छलफल तथा शिक्षणको माध्यमबाट विद्यार्थीले सिकाईलाई सहजरूपमा लिने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल तथा प्रशिक्षार्थीद्वयलगायतले बोल्नुभएको थियो ।
उक्त एक हप्ते भलिबल प्रशिक्षक प्रशिक्षण तालिममा विजयकृष्ण बाडे, सुलोचना सिजख्व, रीता प्रजापति, जगदीश भट्ट, गाैतम प्रसाद लासिवा तथा डा. लक्ष्मण अधिकारीलगायतले प्रशिक्षण दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here