भक्तपुर, असोज ७ । वातावरण संरक्षण मञ्चले विजया दशमी, तिहार नेपाल सम्वत् तथा छठको अवसरमा “स्वच्छ वातावरण” नामक वार्षिक पत्रिका मंगलबार विमोचन गरियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापाले वातावरणीय समस्या तथा विभिन्न पक्षहरूको संविधान अनुकूल विभिन्न संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि डा. सम्पूर्ण कक्षपतिले बढ्दो जनसंख्या वृद्धिको परिणाम विभिन्न प्रकारको प्रदुषणबाट विभिन्न रोगहरुको सिकार हुनुपर्ने बताउँदै त्यस्ता समस्या समाधानका लागि वातावरणीय विभिन्न पक्षहरूको अध्ययन अनुसन्धान आवश्यक भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति न्हुछे बहादुर प्रजापतिले वातावरणको स्वच्छताको लागि विभिन्न संघसंस्थासँग सहकार्य गरि आफैंबाट भएको वातावरणीय समस्यालाई आफैंले नै समाधान गर्न अघि सर्नुपर्ने बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धाैबन्जारले संस्कृतिसहित मानव जीवनलाई जीवन्त बनाउन वातावरण संरक्षण तथा जोगाउन विभिन्न गतिविधि गरिरहने संस्था भूमिगत रूपमा रहनु विडम्बनापूर्ण रहेको बताउनुभयो ।
नेप्से म्याकका प्रतिनिधि तथा वातावरणविज्ञ प्रतिभा कसपालले विश्वमै दुर्लभ ८ प्रजातिका सालक मध्ये २ प्रजातिकाे सालक नेपालको महाभारत पर्वतको समुदायको व्यवस्थापनमा सञ्चालन भएको वनक्षेत्रमा र तराईको घना वनक्षेत्रमा सालकहरु रहेको जानकारी दिनुभयो ।
सामुहिक रूपमा विमोचन भएको उक्त कार्यक्रममा विराट नेपाल भाषा साहित्य समाजका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य, संस्थाका महासचिव मणिराम लामिछाने तथा कोषाध्यक्ष सहना पसखललगायतले बोल्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















