भक्तपुर, भाद्र ३० । भक्तपुर नगरपालिका वडा नम्बर १ अन्तर्गतको ज्ञानकुँञ्ज टोलमा पछिल्ला दिनहरूमा छाडा कुकुरको आक्रमणका कारण स्थानीयवासी आतंकित भएका छन् । प्राप्त विवरणअनुसार भाद्र २८ गते मात्रै ३ जना र २९ गते थप ८ जना गरी हालसम्म ११ जना घाइते भएका छन् । यस दुःखद घटनापछि टोल सुधार समितिको पहल तथा वडा कार्यालयको विशेष समन्वयमा छाडा कुकुर नियन्त्रण तथा रेस्क्यु कार्य सुरु गरिएको छ ।
जनावर संरक्षणप्रति विशेष चासो राख्दै आइरहनु भएकी सिर्जना श्रेष्ठ र आकस्मिक अवस्थामा मानविय उद्धार कार्यमा सक्रिय अरुण सैंजूसहित सम्पूर्ण टोलवासीहरूले सहयोग गरेको समितिले जनाएको छ ।
रेस्क्यु कार्यका केही दृश्य सार्वजनिक गर्दै टोल सुधार समितिले सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ । समितिले यस घटनाबाट सबैलाई सचेत रहन आग्रह गर्दै भविष्यमा यस्ता समस्याबाट बच्न थप रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।


















