भक्तपुर, भाद्र १६ ।
दीक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठानको आयोजनामा तथा Project Paarth र नयाँ उमंग भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा च्यामासिंहस्थित बागेश्वरी माध्यमिक विद्यालयमा सार्कोमा र स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कक्षा १० का सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा वरिष्ठ क्यान्सर विशेषज्ञ सर्जन डा. जनिथ सिंह, डा. विनायक ढुंगेल, डा. उत्सव मान श्रेष्ठ, डा. बर्षा प्रसाई र सिस्टर रोशनी बज्राचार्यले क्यान्सरसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष राजेश हाडाले विद्यार्थीहरूलाई प्राप्त ज्ञान परिवार र अरु कम्तीमा तीन जनासम्म पुर्याउन आग्रह गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















