पाक शिक्षा, सिलाई र हेयर कटिङ तालिमका प्रशिक्षार्थीहरुको भेला

0
124

भक्तपुर, श्रावण २९ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपाले सञ्चालने गर्ने पाक शिक्षा, आधारभूत सिलाई, एड्भान्स सिलाइ. र हेयर कटिङ तालिमका प्रशिक्षार्थीहरुको भेला भनपा सभाकक्षमा बिहीबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले देशभक्तिपूर्ण भावना कस्तो हुन्छ, प्यालिस्टाइनी जनताबाट सिक्नुपर्ने बताउँदै प्यालेष्टाइनी जनताहरु इजरायली आक्रमणकारीहरुविरुद्ध निरन्तर लडिरहेका छन् भन्नुभयो ।

प्रत्येक युवाहरुले विश्वविद्यालयको ज्ञानसँगै सीप सिकेर आत्मनिर्भर हुनुपर्ने बताउँदै उहाँल हरेक युवामा नयाँ नयाँ सीप सिक्ने इच्छाशक्ति बलियो हुनुपर्ने बताउनुभयो ।

समाजमा विकृतिहरु पैmलिरहेको छ, त्यसबाट युवाहरु जोगिनु आवश्यक छ भन्दै उहाँले युवाहरु देशको भविष्य भएकोले राम्रो संस्कार र संस्कृति बिर्सनु हुन्न भन्नुभयो ।

विदेश जाँदैमा मान्छेले सुख पाउने होइन, बरु सुख छोडेर दुःख खोज्ने जस्तो हुन्छ, भन्दै प्रमुख प्रजापतिले भन्नुभयो, ‘हरेका युवाहरु एउटा एउटा काममा दक्ष बन्ने र आफ्नो दक्षता देश र जनताको हितमा प्रयोग गर्नुपर्छ ।’

भक्तपुर देशको पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको हुँदा हाम्रो बोली व्यवहार देखि हरेक क्षेत्र राम्रो हुनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरलाइ उदाहरणीय नगर बनाउन यहाँका नागरिकहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो ।

भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्रतिस्पर्धाको समयमा नागरिकहरु सीपयुक्त बन्नुपर्ने बताउँदै आफूसँग भएको ज्ञान र सीपलाई व्यवहारिक रुपमा प्रयोग गर्न सके पनि सफल भइने जानकारी गराउनुभयो ।¬

कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा र कार्यपालिका सदस्यद्वय रोशनमैंया सुवाल र छोरीमैंया सुजखूले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here