गाईजात्राको अवसरमा श्री चण्डेश्वरी अजिमा सहकारीद्वारा बालचित्रकला प्रतियोगिता हुँदै

0
219

गाईजात्राको अवसरमा श्री चण्डेश्वरी अजिमा सहकारीद्वारा बालचित्रकला प्रतियोगिता हुँदै

भक्तपुर, श्रावण १० ।
गाईजात्रा (सापारु) पर्वको विशेष अवसर पारेर श्री चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि., चासुखेल–५, भक्तपुरद्वारा खुला बालचित्रकला प्रतियोगिता आयोजना गरिने भएको छ।
श्री चण्डेश्वरी मन्दिर प्राङ्गण, चासुखेलमा श्रावण २४ गते शनिबार बिहान ९ देखि ११ बजेसम्म सञ्चालन हुने प्रतियोगितामा सहकारीका सम्पूर्ण बाल सदस्यहरुलाई सहभागी हुन आयोजक समितिले आग्रह गरेको छ।
प्रतियोगितामा सहभागी हुन चाहने बालबालिकाले श्रावण २२ गते बिहिबारसम्म संस्थाको कार्यालय, चासुखेलमा नाम दर्ता गर्न सकिने र दर्ता शुल्क रु. १०० तोकिएको छ।
प्रतियोगिता कक्षा १ देखि ७ सम्मका विद्यार्थी र कक्षा ८ देखि १० सम्मका विद्यार्थी गरि दुई समूहमा हुने बताइएको छ ।
बालबालिकाको सिर्जनात्मक अभिव्यक्ति र सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै गरेको सो कार्यक्रम श्री चण्डेश्वरी अजिमा सहकारी संस्था अन्तर्गतको शिक्षा समितिको आयोजनामा हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here