दुर्लभ रोग लिएर जन्मिएको नवजात शिशु ख्वप अस्पतालको निःशुल्क सेवाबाट जीवनरक्षा

0
681

भक्तपुर, श्रावण ५ । एउटा गरीब परिवारमा जन्मिएका जुम्ल्याहा सन्तानमध्ये एक नवजात शिशुको जन्मसँगै ठूलो संकट आयो। शिशु Omphalocele नामक दुर्लभ रोग (जसमा पेटका अङ्गहरू शरीरबाहिर निस्किएका हुन्छन्) लिएर जन्मिएको थियो। बाबुआमाको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनीहरूले शिशुलाई अस्पताल लैजान सक्दैनथे।

उपचार खर्चको चिन्ताले गर्दा उनीहरू मौन बस्न बाध्य भए। तर, ख्वप अस्पतालका संवेदनशील वडा नर्सहरूले उक्त अवस्थाबारे जानकारी पाएपछि अस्पताल प्रशासनलाई तुरुन्त सूचित गरे। त्यसपछि अस्पतालको सहकार्यमा उक्त नवजात शिशुलाई तत्काल ख्वप अस्पताल ल्याइयो र निःशुल्क उपचारको व्यवस्था गरियो।

ख्वप अस्पतालका विशेषज्ञ चिकित्सक, नर्सहरू तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा भावना र समर्पणका कारण शिशुको सफलतापूर्वक शल्यक्रिया गरियो। २३ दिनसम्म अस्पतालमै राखी सम्पूर्ण उपचार निःशुल्क प्रदान गरियो। अन्ततः मायाले भरिएको यस उपचार यात्राले सकारात्मक परिणाम ल्यायो — शिशु पूर्ण रूपमा निको भई घर फर्कन पायो।

शिशुका अभिभावकले भावुक हुँदै भने, “हामी आर्थिक अभावमा थियौं, सन्तान गुमाउने डर थियो। ख्वप अस्पतालको सेवा र माया नै हाम्रो आशा बन्यो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here