भक्तपुरमा सरसफाई कर्मचारी भेला सम्पन्न, नगर प्रमुख प्रजापतिबाट इमानदारीपूर्वक दायित्व निर्वाह गर्न आग्रह

0
263

भक्तपुर, असार ३१ ।
भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सरसफाई कर्मचारी भेला मंगलबार सम्पन्न भएको छ। भेलामा प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिले सफाईलाई सबैको साझा जिम्मेवारी बताउँदै सफाई मजदुरहरूले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले मठमन्दिर, पाटी, पोखरी समयमै सफा गर्न निर्देशन दिँदै कुलत त्याग्न, अनुशासन पालना गर्न र जनप्रतिनिधिको निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभयो। साथै, नेपाल मजदुर किसान पार्टीको भावना अनुरूप निःस्वार्थ सेवामा प्रतिबद्ध रहने बताउनुभयो।

कार्यक्रममा ५ नं वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले भक्तपुर सफा र व्यवस्थित हुनुमा अग्रजहरूको योगदान रहेको उल्लेख गर्नुभयो। सफाई गौरवको विषय भएको उहाँले बताउनुभयो।

कार्यक्रममा निमित्त श्यानिटेशन उपशाखा प्रमुख वडानिरिक्षक रामकृष्ण प्रजापतिले सरसफाईलाई प्रभावकारी बनाउन फोहर छुट्याउनु पर्नाका कारणहरु र नछुट्याएपछि पर्ने प्रभाव बारे बताउँदै सफाई कर्मचारीको समय बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म र दिउँसो १०ः०० बजेदेखि २ः०० बजेसम्म गर्ने र फोहर छुट्याई ट्राई साइकलबाट फोहर संकलन गर्ने भएकोले सफाई कर्मचारीको गाडाबाट घरघरको फोहर नलिने गरी यहि साउन १५ गतेदेखि लागु गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा ८ नं वडाध्यक्ष कृष्ण प्रसाद कोजू, ४ नं वडाध्यक्ष उपेन्द्र सुवाल र वातावरण समितिका सदस्य मन्जुमैया लाखाले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here