गुरु गणेश साकोसको संयुक्त भेला कार्यक्रम

0
122


भक्तपुर, असार २७ ।
श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आ.व. २०८२।०८३ सालको बजेट नीति, वार्षिक कार्य योजना तथा कार्यक्रमबारे संस्थाको सभाकक्षमा संयुक्त भेला कार्यक्रम अध्यक्ष कृष्णराम कासिछ्वाज्यूको सभापतित्वमा सम्पन्न भयो ।

    कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले समुदायमा आधारित सहकारी संस्थाले सामाजिक कार्यक्रम ल्याई समुदायको हितको निम्ती कार्यक्रम योजना हुनुपर्ने बताउनु भयो उहाँले सहकारीको बजेट सदस्यहरुको समस्या पहिचान गरी समाधान गर्ने र निक्षेप, ऋण, शेयरपूँजी, सीपमूलक तालिम, कर्मचारी र कार्यालय ब्यवस्थापनमा पनि ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले सहकारी अध्यादेश र कर्जा प्राधिकरणको निर्देशिकाबारे केही कुरा राख्दै खर्चहरुको साधारणसभाबाट अनुमोदन गर्नु पर्ने भएको हुनाले खर्च मितव्यी भएर मात्र बजेट निर्माण गर्नु पर्ने भन्नुभयो । सल्लाहकार कृष्ण भक्त लवजूले विगत २०२५।०२६ सालमा भष्ट्राचारी विरोधी आन्दोलनलाई हाल पनि आवश्यकता बोद गर्नुभयो । सल्लाहकार ईन्द्र बहादुर प्याठ र काशीलाल प्रजापतिले सदस्यहरुको उन्नतिसँगसँगै सहकारीको पनि उन्नति हुने बजेट ल्याउनुपर्नेमा जोड दिनु भएको थियो ।
   कार्यक्रममा अध्यक्ष एवं सभापति कृष्णराम कासिछ्वा, स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, कोषाध्यक्ष तुल्सी केशरी छुजू प्रजापति, राम कृष्ण लावजू, चम्पा ज्ञामरु, तुल्सीराम प्याठ, सिद्धान्त प्रजापति, राजु बजिको, हरिकृष्ण प्रजापति, प्रबन्धक गौतम कुटुवाजू र कार्यक्रम संचालन सचिव सत्यराम ज्ञामरुले गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here