भक्तपुर, असार ४ ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा “भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला” तथा “स्थानीय सीप तथा उत्पादन व्यापार मेला” यहि असार ६, ७ र ८ गते भक्तपुरको कमलविनायकस्थित स्टार बैंक्वेटमा आयोजना हुने भएको छ।
मेलाको पहिलो दुई दिन अर्थात् असार ६ र ७ गते औद्योगिक प्रवद्र्धन व्यापार मेला र असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार मेला गरिने आयोजकले जानकारी दिएको छ।
मेलाको उद्देश्य भक्तपुर जिल्लाका मौलिक हस्तकलाका सामान, कृषि, उद्योग, पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने रहेको छ। मेलामा ५० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अपेक्षा गरिएको छ।
मेलामा ४० भन्दा बढी स्टलहरू रहनेछन् जसमा स्थानीय हस्तकला, कृषि उत्पादन, चित्रकला, मूर्तिकला, स्थानीय खाना, र साना तथा मझौला उद्यमीहरूका सामग्रीहरूको प्रदर्शनी हुनेछ।
हस्तकला संरक्षण र प्रवर्द्धनका लागि पौभा पेन्टिङ, मुकुण्डो निर्माण, माटोका भाँडाकुँडा बनाउने जस्ता सीपहरुको प्रत्यक्ष प्रदर्शनी पनि हुनेछ। बालबालिकाका लागि बाल उद्यानको समेत व्यवस्था गरिएको छ।
मेला अवलोकन निःशुल्क गरिएको आयोजक समितिले जनाएको छ ।
भक्तपुरमा औद्योगिक प्रवर्द्धन र स्थानीय उत्पादन मेला असार ६ देखि ८ गतेसम्म हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















