भक्तपुर नगरपालिका वडा नं. २ पूर्ण खोप दिगोपना सुनिश्चितता घोषित

0
333

भक्तपुर, जेठ २९ ।
भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा वडामा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रम बिहिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष हरि प्रसाद बासुकलाले नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणा पत्र अनुसार जनतालाई सहज रूपमा स्वास्थ्य सेवा विस्तार गर्न नगरपालिकाका जनप्रतिनिधिहरु निरन्तर रुपमा लागिपरेको जानकारी गराउनु भयो । साथै वडामा आ.व. २०८२/८३ मा जनताको सल्लाह र सुझाव संकलन गरी सोही अनुसार योजना छनौट कार्य भइरहेको र व्यवस्थित शहरी विकासको लागि आयोजना संचालन भइरहेको समेत चर्चा गर्नु भयो ।


वडाका स्थानीय जनता, जनप्रतिनिधिहरू, स्वयमसेविका, स्वास्थ्य संयोजकको सहभागितामा संचालित स्थानीय कार्यक्रममा भनपा वडा नं. २ मा २०८२ बैशाख मसान्तसम्म जन्मेदेखि १५ महिनासम्म र १५ महिना देखि २३ महिनासम्मका बालवालिकाहरुलाई नेपाल सरकारको कार्यक्रम अनुसार दिइने सम्पूर्ण खोपहरू स्थानीय अस्पताल, नगर स्वास्थ्य केन्द्र र खोप अभियान लगायतका गतिविधिमार्फत प्रदान गरिएको र त्यस विषयमा स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य कार्यकर्ता मार्फत पुन. सर्वेक्षण गर्दा सबै बालबालिकाहरुलाई सबै खोपहरु दिइएको प्रमाणीकरण भईसकेको हुँदा भ.न.पा. वडा नं. २ अर्न्तगत पूर्ण खोप दिगोपना सुनिश्चित भएको सार्वजनिक गरियो ।.
कार्यक्रममा स्वास्थ्य सयोजक डा. रत्नसुन्दर लासिवाले पूर्ण खोप सुनिश्चित हुनु सकारात्मक भएको चर्चा गर्दै बर्षायाम सँगै डेंगु र कोरोना लगायतका रोगहरू फैलिरहेको चर्चा गर्नुहुदै सचेतना अपनाउन अनुरोध गर्नुभयो । कार्यक्रममा वडा सदस्य मन्जु लाखाजु चिकित्सा सहायक कमल केशरी राजचल र लक्ष्मी प्रसाद दुवालले पनि बोल्नु भएको थियो ।
स्वंयमसेवक र स्वाथ्यकर्मीहरूद्वारा गरिएको घरधुरी सर्वेक्षण बाट संकलित तथ्यांक अनुसार ०–१५ महिना सम्मका १०९ जना बालबालिका खोप लगाउने क्रममा रहेको र १६– २३ महिना भित्रका ८८ जना बालवालिकाहरुलाई पूर्ण खोप लगाईसकेको सुनिश्चिता गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here