आधारभूत विद्यालय समितिको साधारण सभा सम्पन्न

0
348

भक्तपुर, जेठ २० । आधारभूत विद्यालय समिति भक्तपुरको २६ औं वार्षिक साधारण सभा मंगलबार भीम आदर्श आधारभूत विद्यालय, लिवालीमा मंगलबार सम्पन्न भयो ।

सभामा भक्तपुर नगरपालिका नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले आधारभूत विद्यालय विद्यालय तहको जग भएकोले यसलाई बलियो र मजबुत बनाउन शिक्षा शाखाले भूमिका खेलिरहेको बताउनुभयो । 

उहाँले आधारभूत विद्यालयको विकासमा समितिले लामो समयदेखि सह्रानीय गरिआएको उल्लेख गर्दै सबै मिलेर भक्तपुरको शिक्षा क्षेत्रलाई नमुना बनाउन आआफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।

गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले राज्यले माध्यमिक तहसम्म शिक्षा निःशुल्क भने पनि व्यवहारमा लागू गर्न नसकेको बताउँदै सामुदायिक विद्यालयको विकासमा त्याग र सामुहिक भावनाको भूमिका निभाएर शिक्षकहरुले आत्म गौरव गर्न लायकको काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ अहिले सामुदायिक विद्यालयको स्थिति खाउँ भने कान्छा बाबुको अनुहार नखाउँ भने दिनभरीको शिकार भन्ने उखान सरह भएको छ । तसर्थ सरकारले शिक्षामा बजेट वृद्धि गरी निःशुल्क शिक्षाको प्रत्याभूति गर्नुपर्छ ।’

आधारभूत विद्यालय समितिका पूर्व अध्यक्ष एवं सन्तति आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक माकले समितिले समग्र विद्यार्थी, शिक्षक र विद्यालयको हीत र सुधारका लागि सामुहिक रुपमा प्रयत्न गर्दै आएको उल्लेख गर्दै समय सुहाउँदो रुपमा विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आधारभूत समितिले उठाएका विषयवस्तुमा भक्तपुर नगरपालिकाको सकारात्मक सम्बोधनप्रति धन्यवाद दिँदै आगामी दिनमा बाँकी मागहरु पनि नगरपालिकाले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष सूर्यबहादुर फोजूको अध्यक्षतामा भएको सो सभामा अध्यक्षद्वारा प्रस्तुत समितिको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विन्द्रा दुवालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन संशोधनसहित पारित गर्यो । सभामा समितिका उपाध्यक्ष तीथलक्ष्मी धन्छा र सचिव असलमाया बनमालाले पनि बोल्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here