एक अस्ट्रियन नागरिकले नेपालप्रति देखाएको सामाजिक सद्भाव

0
240

विगत लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा अनवरत रूपमा कार्यरत अस्ट्रियन नागरिक Mr. Frizzey Greif ले हालै विभिन्न जिल्लाका ३१० विपन्न परिवारलाई १-१ बोरा चामल, अन्य खाद्यान्न सामग्री, मच्छेड झूल, झोला, कापी, कलम आदि वितरण गरेका छन् ।

उनले काठमाडौं उपत्यकाका घरबार बिहिन परिवारहरू तथा दृष्टिविहीन परिवारहरूलाई सहायता गरे । त्यसका साथै, चितवन जिल्लाको माडीमा रहेका अत्यन्तै विपन्न परिवारहरूलाई पनि उनले सहायता प्रदान गरे।

त्यस्तै, उनले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका अत्यन्तै विकट बस्तीहरूमा पनि सहायता गरे । नेपालीहरूलाई समेत पुग्न कठिन पर्ने ठाउँहरूमा साह्रै डरलाग्दो यात्रा गरेर उनले सहायताका कामहरू गरे ।

सन् २०१५ को भूकम्पपछि सहायता लिएर उनी नेपालको सबै जिल्लामा पुगिसकेका छन् । उनको महान सामाजिक कार्यको प्रशंसा गर्दै राक्सीराङ गाउँपालिकाले उनलाई धन्यवादको प्रमाणपत्र सहित सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here