बक्सिङ संघको नियमित बैठकमा भारत र पाकिस्तान युद्धको चर्चा

0
357

भक्तपुर, जेठ ३ । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा भारत र पाकिस्तान युद्ध र त्यसले पारेको प्रभाव बारे प्रवचन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष तथा नगर खेलकुद समितिका पूर्व संयोजक उकेश कवाँको प्रमुख आतिथ्यतामा शनिवार बालाखुमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँले चीनमा भएको बक्सर मुभमेन्ट अथाव बक्सर आन्दोलन अध्ययन गर्नुपर्ने बताउँदै युवाहरुलाई अफिमको कुलतमा फसाई चीनलाई साम्राज्यवादी देशहरुले टुक्राटुक्रा गरी उपनिवेश गरेको विरुद्ध विना हतियार खेलाडीहरुले संघर्ष गरेको बताउनुभयो । उहाँले खेलाडीहरुले झन राजनीतिक कुरा बुझ्‌नु पर्ने बताउँदै खेलकुदबाट आफ्‌नो देशको झण्डा विदेशमा फहराउने भएकोले देश भक्ति हुने भएकोले सामान्य रुपमा हेर्न नहेरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बारे जानकार हुनुपर्ने बताउनुभयो ।

उहाँले सार्कमा भारत र पाकिस्तान भएकोले सार्क सम्मेलन हुन नसकेको बताउँदै १९४७ मा भारत स्वतन्त्रता आन्दोलनबाट स्वतन्त्र भएपछि पश्चिमा देशले पाकिस्तान टुक्रा गरेको बताउँदै पाकिस्तानलाई मुक्ति बाहिनीको नाममा पूर्व पाकिस्तानलाई बंगलादेशको नाममा टुक्रा गरेको बताउनुभयो । उहाँले बंगलादेश सुरुमा भारत नजिक थियो भने त्यसपछि अमेरिका र हाल चीनसंग नजिक भएको बताउनुभयो । उहाँले पाकिस्तानलाई चीन र टर्किको र भारतलाई रुस, अमेरिका र फ्रान्सले हतियार किन्ने गरेकोमा चीनको हतियारलाई जित्न नसकेपछि भारतले युद्ध विराम गरेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले मौर्य शासन हिन्दुहरुको साम्राज्य अन्तर्गतको जम्मु कश्मिर १५८६ पछि मुगल अन्तर्गत डुरानी अफ्‌गानीले शासन गरेको चर्चा गर्नुहुदै  पञ्जावका महाराजा रणजीत सिंहले जितेर शिख साम्राज्य स्थापना गरेको बताउनुभयो । उहाँले काश्मिरमा भएको आतंककारी हमला ऐतिहासिक, राजनीतिक र धार्मिक जटिलतामा भारत र पाकिस्तानवीचको प्रमुख द्वन्द्व भएको बताउँदै भूराजनीतिक द्वन्द, मुस्लिम संगठनहरु, स्थानीयको असंतुष्टि र धार्मिक ध्रुविकरणले तीन भागमा बाँडिएको भारतीय प्रशासित जम्मुकश्मीर, पाकिस्तान प्रशासित काश्मीर, चीन नियन्त्रित अक्साई चीन भएको बताउनुभयो । 
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले भक्तपुरको खेलकुद गतिविधि बृद्धि र विकासमा नगर खेलकुद समितिको जग भएको बताउँदै  बक्सिङ संघ र खेलाडीहरुको एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी र रेफ्रिहरु तयार भई रहेको बताउनुभयो ।कार्यक्रममा  सचिव साजन लघु र केदार तुईतुईले पनि बोल्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here