कमलविनायक पोखरी परिसरमा सरसफाइ कार्यक्रम

0
237

भक्तपुर, जेठ १ । भक्तपुर नगरपालिकाको आयोजनामा पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत बिहिबार भक्तपुर नगरपालिका वडा नं १० स्थित कमलविनायक पोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवं वातावरण समितिका सदस्य कृष्ण प्रसाद कोजूले भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्र बमोजिम नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी, टिम, क्लब, विद्यालय तथा अन्य महानुभावहरुको उपस्थितिमा पाक्षिक रुपमा सरसफाई कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । उहाँले सफाई कार्यक्रम एक अभियानको रुपमा संचालन गरिएको र यसले अपनत्वको भावना पनि विकास हुने बताउदैं कमलपोखरी परिसरमा अपराधिक गतिविधि बढ्दै गइरहेकोले स्थानीयवासीहरु पनि सचेत हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले भक्तपुर नगरपालिकाले वरपरको वातावरण पहिला देखि नै सफा र सुन्दर बनाउन आफ्नो ठाउँको सफा आफै गरौ भन्ने उद्देश्यले पाक्षिक सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै आइरहेका चर्चा गर्नुभयो । सफाई गर्नु सबैको कर्तव्य रहेको बताउनुहुदै उहाँले सफाइ अभियानमा नगरपालिका मात्र होइन स्थानीयवासीको पनि साथ तथा सहयोग आवश्यक रहेको बताउनुभयो । साथै नगरवासीले कुहिने र नकुहिने फोहोर छुट्याएर नगरपालिकाको सफाइ गाडीमा राखि सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सचिव रामेश्वर कोजूले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here